प्रधानमन्त्री ओली असंलग्‍न राष्ट्रको सम्मेलनमा भाग लिन आज अजरबैजान जाँदै
प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ओली बिहान ११ बजे कतार एयरवेजको विमानमार्फत बाकुतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको देखापढीलाई बताए।
८–९ कात्तिकसम्म सञ्चालन हुने सम्मेलनमा प्रधानमन्त्री ओलीले ‘समकालीन विश्वका चुनौतिहरूका लागि ठोस र पर्याप्त प्रतिक्रिया सुनिश्चित गर्न वाङडुङ सिद्धान्तको समर्थन’ विषयमा धारणा राख्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओलीले ९ कात्तिकमा सम्बोधन गर्ने छन्।
प्रधानमन्त्रीले सम्मेलनको बेला बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग भेटवार्ता गर्ने छन्।
शिखर सम्मेलनअघिको मन्त्रिस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनको आधारमा सन् २०१६ को भेनेजुएलाको १७ औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयन र प्रगतिको समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी सहभागी हुने छन्।
प्रधानमन्त्री ओली १० कात्तिकमा स्वदेश फर्कने कार्यक्रम छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्