५५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम
काठमाडौं। आर्थिक वर्ष २०७६/७७ को फागुन महीनासम्ममा देशका ५५ जिल्लामा स्वास्थ्य बीमाको कार्यक्रम पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै ती जिल्लाको ५०५ स्थानीय तहमा स्वास्थ्य बीमाका कार्यक्रम पुगेको बताए।

जसबाट वैदेशिक रोजगारीमा जानेहरूसहित कूल जनसंख्याको २६ प्रतिशत बीमाको पहुँचमा आएका छन्।

वैदेशिक रोजगारीमा जानेबाहेक २२ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको खतिवडाले जानकारी दिए।

स्वास्थ बीमाका कार्यक्रमको पहुँच पुगेको कूल जनसंख्याको २५ प्रतिशत संख्या गरीबहरूको रहेको छ।

त्यसैगरी, झण्डै तीन लाख ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ बीमा प्राप्त गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्