आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र हुने सरकारको अनुमान

काठमाडौं। सरकारले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने आकलन गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आज संघीय संसदको प्रतिनिधि सभामा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने बताएका छन्।

सरकारले चालू आर्थिक वर्षमा ७.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल भएपछि सरकारको आर्थिक वृद्धिको लक्ष्य पनि प्रभावित भएको छ।

यसअघि २७ वैशाखमा सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गरेर चालू आर्थिक वर्षमा २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

त्यसैगरी, विश्व बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतबीच रहने प्रक्षेपण गरेको थियो।

त्यसैगरी, एशीयाली विकास बैंक (एडीबी)ले यस वर्षको आर्थिक वृद्धिदर ४.३ प्रतिशतदेखि ५.३ प्रतिशतको बीचमा रहने अनुमान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्