काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज तेस्रो पटक अदालत पेश गरिंदैछ।
१९ असोज बेलुका बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन्। २३ असोजदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको निगरानीमा उनी त्यहाँ उपचारमा छन्।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक थप भएको ५ दिनको म्याद हिजोदेखि सकिएको छ। त्यसअघि उनी १३ दिन प्रहरी हिरासतमा बसिसकेका छन्।
आवश्यक अनुसन्धान बाँकी रहेकोले महरालाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पेश गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ।
“हामीले म्याद थपका लागि पुनः आज अदालतमा पेश गर्छौं,” महानगरी प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने,“अनुसन्धानका केही विषय अझै बाँकी छन्, दिउँसोसम्म सकिए अनुसन्धान प्रतिवेदन बुझाउन सकिन्छ, नसकिए पुनः म्याद थपको माग गर्छौं।”
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी नुमराज खनालले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि आजै अभियोगपत्र दायर गर्न नसकिने बताए।
“अनुसन्धान प्रतिवेदन आजै बुझाए पनि अध्ययन गर्नुपर्ने हुन्छ। कतिपय अनुसन्धानको पाटो नपुगेको हुन सक्छ”,उनले भने,“नभए थप अनुसन्धानका लागि म्याद थप हुन सक्छ ।”
प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान रहेको छ।
बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। तर, उनले सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिइसकेका छैनन्।
" /> काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज तेस्रो पटक अदालत पेश गरिंदैछ।१९ असोज बेलुका बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन्। २३ असोजदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको निगरानीमा उनी त्यहाँ उपचारमा छन्।

">