काठमाडौं। कोभिड-१९ को दुस्प्रभावको कारण नेपालको अर्थतन्त्रमा एक खर्ब ६८ अर्ब रूपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ।
नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (साउनदेखि चैतसम्म) प्रकाशन गर्दै नेपालका कूल गार्हस्थ उत्पादनमा १८६ अर्ब रूपैयाँ बराबरको नोक्सानी हुने बताएको हो।
अर्थतन्त्रमा आएको संकुचनकै कारण चालु आर्थिक वर्षमा २.३ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने अनुमान सहितको आर्थिक सर्वेक्षण पनि सरकारले आजै सार्वजनिक गरेको छ।
विगत तीन वर्षयता औसत ७.३ प्रतिशतका दरले आर्थिक वृद्धि हुँदै आएको थियो। राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि हुने आकलन गरेको थियो।
अर्थतन्त्रमा कोरोनाको प्रभाव भएपनि अहिलेसम्म बैंकिङ प्रणालीमा तरलता सुविधाजनक अवस्थामा रहेको बताएको छ।
वैशाख महीनामा वित्तीय प्रणालीमा ४९ अर्ब २ करोड अधिक तरलता रहेको छ। आर्थिक वर्ष २०७६/०७७ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य राष्ट्र बैंकले लिएको छ।
फागुनसम्ममा औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ।
तथ्यांकअनुसार, २०७६ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.७७ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महीनामा यी दरहरू क्रमशः ६.६७ प्रतिशत र १२.२८ प्रतिशत रहेका थिए।
त्यसैगरी, वाणिज्य बैंकहरूको आधार दर २०७५ चैत महीनामा ९.६४ प्रतिशत रहेकोमा २०७६ चैत महीनामा ९.३६ प्रतिशत कायम भएको छ।
२०७६ चैतदेखि २०७७ वैशाखसम्मको दुई महीनाको अवधिमा करीब ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको छ। गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो।
नेपालीहरू प्रमुख रोजगारी गन्तव्य मुलुकमा कोरोना महामारीले अर्थतन्त्रमा प्रभाव पारेपछि उनीहरूले रोजगारी गुमाइरहेका छन्। त्यसको असर रेमिट्यान्समा परेको छ।
त्यस्तै, २०७६ फागुनमा ५ अर्ब १० करोड पर्यटन आय प्राप्त भएकोमा चैतमा १ अर्ब ६० करोड रूपैयाँ मात्रै प्राप्त भएको राष्ट्र बैंकले तथ्यांक प्रकाशन गरेको छ।
२०७६ चैतदेखि २०७७ वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब निक्षेप संकलन गरेका छन् भने २२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्।
यो पनि पढ्नुहोस्
यस्तो छ देशको अर्थतन्त्रको तस्वीर
" /> काठमाडौं। कोभिड-१९ को दुस्प्रभावको कारण नेपालको अर्थतन्त्रमा एक खर्ब ६८ अर्ब रूपैयाँ बराबरको नोक्सानी हुने प्रारम्भिक अनुमान सार्वजनिक भएको छ।नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (साउनदेखि चैतसम्म) प्रकाशन गर्दै नेपालका कूल गार्हस्थ उत्पादनमा १८६ अर्ब रूपैयाँ बराबरको नोक्सानी हुने बताएको हो।

">