दुई वर्ष वारेन्टी भएको अत्याधुनिक स्पीड फेस नेपाली बजारमा
काठमाडौं। कोभिड-१९ को प्रकोपमा उपयोगी हुने स्पिड फेस भीफाइभएल (टीडी) बजारमा आएको छ।

काठमाडौंको अनामनगरस्थित बार कोड नेपाल इन्क प्रालिले जेकेटी इकोको यो उत्पादन बजारमा ल्याएको हो। यो स्पीड फेसका केही विशेष गुण भएको कम्पनीको दाबी छ।

सामान्यतया व्यक्तिगत दूरी कायम गर्नुपर्ने समयमा थर्मल गनले तापक्रम नाप्दा नजिकै जानुपर्दा दुवै पक्ष जोखिममा हुन्छन्। तर, स्पिड फेसले अनुहार र हत्केला  देखाएर हाजिर गर्न सकिने, ढोका खोल्न सकिने, कर्मचारी र आगन्तुकको तापक्रम तुरुन्तै देखाउने, तापक्रम बढी भएमा प्रवेश नदिने, सामान्य तापक्रम वा धेरै तापक्रम रहेको मेशिनले आफैं भन्ने जस्ता नयाँ विशेषता यसमा रहेको कम्पनीको दाबी छ।

पाँच इन्चको टच स्क्रिन रहेको यसको टर्मिनलमा सामान्य अवस्थाको लागि फिंगरप्रिन्ट रिडरसमेत राखिएको छ। फेसियल टेक्नोलोजीमा भरपर्दो मानिने भिजिबल लाइट र आर्टिफिसियल इण्टेलिजेन्सको मिश्रणसमेत यसको विशेषता रहेको कम्पनीको दाबी छ।

६ हजार जनाको फेस स्टोर गर्न मिल्ने यसको टर्मिनलमा मास्क लगाएको अवस्थामा समेत प्रयोग गर्न मिल्ने गरी निर्माण गरिएकाले कोभिड-१९ को प्रकोपको अहिलेको समयमा यसको महत्त्व धेरै देखिएको बारकोड नेपालले जनाएको छ।

खरीदमा दुई वर्षको वारेन्टी दिइएको र यसको खरिदमा ई-हाजिरीको अनलाइन भर्सन एक वर्षको प्याकेज निःशुल्क गरिएको समेत कम्पनीले जनाएको छ।

“अस्पताल र सरकारी कार्यालयका लागि लक्षित गरेर हामीले यो स्पीड फेस ल्याएका हौं”, कम्पनीको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्