काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपाल कसैको छोटे भाइ नभएको टिप्पणी गरेका छन्।
स्वतन्त्र एवं सार्वभौम राष्ट्रलाई छोटे भाइ भनेर लाञ्छित वा अपमानित गरिनु कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य र सह्य हुन नहुने उनले बताएका छन्।
“स्वतन्त्रता र सार्वभौमसत्तालाई आकारका दृष्टिले सानो ठूलो भनेर हेरिँदैन, यो हलुंँगो र गह्रुङ्गो भनेर तौलने विषय पनि होइन। सत्य र शक्तिबीचको लडाइँमा कहिलेकाहीँ शक्तिले जित्न पनि सक्ला तर, अन्तिम जीत सत्यकै हुन्छ”, रासससँगको अन्तर्वार्तामा उनले भनेका छन्, “नेपाल र भारतबीचको सीमा विवादमा नेपालको पक्षमा सत्य छ। नेपालसँग जे जति तथ्य र प्रमाणहरू छन् भारतले तिनलाई खण्डित गर्न सम्भव छैन।”
उनले जुनसुकै निहुँले बसेको भए पनि भारतीय सेनाले नेपाली भूमि छाड्नै पर्ने बताए। भारतले काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रको करीब ३९५ वर्ग किलोमिटर भूमि नेपालको हो भनेर स्वीकार गर्ने पौडेलले बताएका छन्।
“हामीले यो लडाइँ सैन्य शक्तिको बलमा युद्ध मैदानमा होइन, तथ्य र प्रमाणका आधारमा वार्ताको टेबुलमा सम्पन्न गर्न चाहेका छौंँ। यस लडाइँमा सत्यको जीत, नेपालको जीत सुनिश्चित छ”, पौडेलले भनेका छन्।
पौडेलले भारतसँगको सीमा विवादलाई वार्ता र संवादका माध्यमबाट टुङ्गो लगाउने उल्लेख गरेका छन्।
" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपाल कसैको छोटे भाइ नभएको टिप्पणी गरेका छन्।स्वतन्त्र एवं सार्वभौम राष्ट्रलाई छोटे भाइ भनेर लाञ्छित वा अपमानित गरिनु कुनै पनि देशभक्त नेपालीका लागि स्वीकार्य र सह्य हुन नहुने उनले बताएका छन्।

">