काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आज सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षणमा समेटिएका आर्थिक परिसूचक हेर्दा देश कोरोना कहरमा जकडिएको अनुभूति हुँदैन। किनभने ती सूचकहरुले देशको अर्थतन्त्रलाई सन्तोषजनक अवस्थामा देखाउँछन्।
धेरैलाई लाग्न सक्छ, यस्तो कसरी हुन सक्छ? यसको कारण छ। कोरोना कहरले शिथिल बनेको अर्थतन्त्रका पछिल्ला सूचक आर्थिक सर्वेक्षणमा समेटिन सकेका छैनन्। किनभने यो सर्वेक्षण हुँदा देशमा कोरोना संक्रमणको महामारी शुरु भएको थिएन। अर्थतन्त्रलाई नै धराशायी पार्ने लकडाउन त झन् भएकै थिएन।
मूलतः २०७६ फागुनसम्मको तथ्यांक आर्थिक सर्वेक्षणमा समेटिएको छ।
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले ११ चैतबाट देशव्यापी लकडाउन गरेको छ। अहिलेका लागि २० जेठसम्म घोषणा गरिएको लकडाउन फेरि थपिएन भने ७१ दिन पुग्छ।
कोरोना कहरकै कारण देशको अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको क्षति हुने प्रारम्भिक आकलन राष्ट्र बैंकले आजै सार्वजनिक गरेको छ। त्यसैगरी, आर्थिक वृद्धि पनि २.३ प्रतिशतको हाराहारीमा खुम्चिने भएको छ।
लकडाउन शुरू भएयता लाखौंले रोजगारी गुमाएका छन्। रोजगारी गुमाउनेको आधिकारिक तथ्यांक तयार हुनै सकेको छैन।
अर्थतन्त्रका केही परिसूचकले भने नेपालको अर्थतन्त्रको केही सन्तोषजनक र केही चुनौतिपूर्ण तथ्य प्रस्तुत गर्छन।
बचत दर घट्यो तर प्रतिव्यक्ति आय बढ्यो
आर्थिक सर्वेक्षण अनुसार नेपालीले गर्ने बचतको दर अघिल्लो वर्षको तुलनामा घटेको छ। गत वर्ष एक नेपालीले सय रुपैयाँ आम्दानी गर्दा २० रुपैयाँभन्दा बढी बचत हुन्थ्यो। अहिले त्यस्तो बचत १८ रुपैयाँमा झरेको छ।
आर्थिक सर्वेक्षण अनुसार, कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८१.९ प्रतिशत उपभोगमै खर्च हुन्छ भने १८.१ प्रतिशत मात्रै बचत हुन्छ।
गत वर्ष उपभोग र बचतको दर क्रमशः जीडीपीको ७९.५ प्रतिशत र २०.५ प्रतिशत थियो।
तर, चालु आर्थिक वर्षमा नेपालीको औसत प्रतिव्यक्ति आय भने ५१ अमेरिकी डलरले सुधार आउने देखिएको छ। सर्वेक्षण अनुसार, गत वर्षभन्दा प्रतिव्यक्ति आम्दानी यो वर्ष ७.५ प्रतिशतले बढेर एक हजार ८५ अमेरिकी डलर अर्थात १ लाख २६ हजार १८ रूपैयाँ पुग्ने अनुमान गरिएको छ। गत आवमा नेपालीको वार्षिक औसत आय ३० डलरले बढेर एक हजार ३४ डलर पुगेको थियो।
गरिबको संख्या घट्यो
आर्थिक वर्ष २०७४/७५ मा १८.७ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि थिए। अर्थात् उनीहरूको दैनिक २०० रूपैयाँ पनि आम्दानी हुँदैनथ्यो। तर, चालु आर्थिक वर्ष २०७६÷७७ मा करीब १६.६७ प्रतिशत नेपाली मात्र गरिबीको रेखामुनि रहने आर्थिक सर्वेक्षणले देखाएको छ।
निर्यात बढ्दा व्यापार घाटामा सुधार
आर्थिक सर्वेक्षणले फागुनसम्म निर्यात २२.३ प्रतिशतले बढेको देखाएको छ। भन्सार विभागले चालु आर्थिक वर्षको १० महीना (साउन देखि बैशाखसम्म)को वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको १० महीनामा ८२ अर्ब ६ करोड ४७ लाख रूपैयाँको वस्तु निर्यात भएको छ।
विदेशबाट हुने वस्तुको आयात पनि घटेको छ। यस वर्षको १० महीनामा एक खर्ब ५३ अर्ब रूपैयाँले आयात घटेर ११ खर्ब ७८ अर्ब १३ करोड ९४ लाख रूपैयाँमा सीमित भएको छ। जसका कारण व्यापार घाटा घटेर ९ खर्ब ४३ अर्बमा सीमित भएको छ। यस अवधिमा व्यापार घाटामा १४.२४ प्रतिशतले सुधार आएको हो।
शोधानान्तर स्थिति बचतमा
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, २०७६ चैत मसान्तसम्ममा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा छ। निर्यात वृद्धि, आयात संकुचन, पर्यटन व्ययमा आएको कमी, वाह्य ऋण परिचालन र प्रत्यक्ष वैदेशिक लगानीमा भएको वृद्धिका कारण शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ।
आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार फागुनसम्ममा सोधानान्तर ३७ अर्ब ८४ करोडले बचतमा रहेको थियो।
विदेशी विनिमय सञ्चिति
राष्ट्र बैंकले कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्नेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखेको थियो। २०७६ चैत मसान्तसम्ममा राष्ट्र बैंक आफ्नो लक्ष्यभन्दा अझ माथि छ। अहिले राष्ट्र बैंकसँग कायम भएको विदेशी विनिमय सञ्चितीले ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ।
बीमामा पहुँच बढ्दै
आर्थिक सर्वेक्षण अनुसार २०७६ फागुनसम्ममा बीमामा पहुँच पुगेको जनसंख्या २२ प्रतिशत रहेको छ। वैदेशिक रोजगारमा जाने कामदार सहित २६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ।
वित्तीय क्षेत्रको विस्तार
अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा वित्तीय क्षेत्रमा द्रुत विस्तार र वित्तीय पहुँच अभिवृद्धि हुँदै वित्तीय कारोबारमा समेत उल्लेख्य विस्तार भएको बताएका छन्। आर्थिक सर्वेक्षणअनुसार पनि २०७६ असारसम्ममा ८ हजार ६८६ रहेको बैंक तथा वित्तीय संस्था एवम् लघुवित्त वित्तीय संस्था समेतको शाखा संख्या २०७६ फागुनसम्ममा ११ प्रतिशतले बढेर ९ हजार ६४० पुगेको छ।
यस्ता छन चुनौतिपूर्ण तथ्यांक
खुम्चिएको आर्थिक वृद्धि
कोरोना कहरले चौपट पारेको अर्थतन्त्रका निकै डरलाग्दा परिसूचक पनि सार्वजनिक भएका छन्। चालु आर्थिक वर्षमा कुल गार्हस्थ उत्पादनमा जम्मा २.३ प्रतिशत मात्रै बृद्धि हुने प्रक्षेपण सार्वजनिक भएको छ। अघिल्ला तीन वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशतसम्म हासिल भएको थियो।
घट्दो रेमिट्यान्स
नेपाली अर्थतन्त्र धान्ने आधार रहेको रेमिट्यान्स आउने क्रम घटेको छ। चालु आर्थिक वर्षमा २० प्रतिशतसम्मले रेमिट्यान्स घट्ने प्रक्षेपण सार्वजनिक भएका छन्। राष्ट्र बैंकको तथ्यांक अनुसार २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा करिव ७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान छ। गत वर्षको सोही अवधिमा १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो।
अघिल्ला वर्षहरूमा नेपालको कुल गार्हस्थ उत्पादनको २५ प्रतिशत हाराहारीमा अर्थतन्त्रलाई रेमिट्यान्सले धान्ने गरेको थियो।
पढ्नुहाेस्
कोरोना असरले नेपाली अर्थतन्त्रमा एक खर्ब ६८ अर्बको नोक्सानी
यस्तो छ देशको अर्थतन्त्रको तस्वीर
आर्थिक वृद्धिदर २.३ प्रतिशत मात्र हुने सरकारको अनुमान
नेपालमा गरीबको संख्या घट्यो, प्रतिव्यक्ति औसत आम्दानी एक लाख २६ हजार
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आज सार्वजनिक गरेको यस वर्षको आर्थिक सर्वेक्षणमा समेटिएका आर्थिक परिसूचक हेर्दा देश कोरोना कहरमा जकडिएको अनुभूति हुँदैन। किनभने ती सूचकहरुले देशको अर्थतन्त्रलाई सन्तोषजनक अवस्थामा देखाउँछन्।

">