संविधान संशोधन विधेयक प्रतिनिधि सभामा पेश हुने

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने भएको छ।

दिउँसो २ बजे बोलाइएको बैठकमा 'नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' प्रस्तुत गर्न लागिएको संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्नेछिन्।

सभाको अनुमति पाएपछि कानूनमन्त्रीले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ पेश गर्नेछिन्।

भारतद्वारा अतिक्रमित भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर सरकारले ७ जेठमा जारी गरेको नेपालको पूर्ण नक्शालाई निशान छापमा समेत अद्यावधिक गर्नका लागि संविधान संशोधन गर्न लागिएको हो।

संविधानको अनुसूची ३ मा नेपालको निशान छाप कस्तो हुने भन्ने व्यवस्था छ। निशान छापको बीचमा नेपालको नक्शा छ।

प्रतिक्रिया दिनुहोस्