अमेरिकी राष्ट्रपति ट्रम्पलाई ट्विटरले दियो ‘फ्याक्ट चेकिङ’चेतावनी

वासिङ्टन। ट्विटरले पहिलो पटक अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पलाई एक ट्विटका लागि ‘फ्याक्ट चेकिङ लेबल’ दिएको छ।

राष्‍ट्रपति ट्रम्पले ट्विटमार्फत क्यालिफोर्नियाका गभर्नर गेभिन क्रिस्टोफर क्युसममाथि आरोप लगाउँदै मतपेटिकामा पनि भ्रष्‍टाचार हुने आरोप लगाएका थिए। क्यालिफोर्नियाका ४० औं गभर्नर क्युसम डेमोक्रेटिक पार्टीका सदस्य हुन्।

‘मतपेटिका लुटिन्छन्, जाली मतपत्र छापिन्छ, हस्ताक्षर पनि जालसाँजीपूर्ण हुन्छ,’ ट्रम्पले भनेका छन्, ‘देशको राष्‍ट्रपति हुनुका नाताले म त्यसो हुन दिन्नँ।’

उनको सोही ट्विटमा ट्विटरले चेतावनी लेबल पठाएको हो। राष्‍ट्रपति ट्रम्पको उक्त ट्विटमार्फत भ्रामक सूचना प्रवाह भएको ट्विटरको भनाइ छ।

ट्विटरको कदमपछि उनले त्यो आफ्नो स्वतन्त्र अभिव्यक्ति भएको र ट्विटरको उक्त कदम नस्वीकार्ने बताउँदै अर्को ट्विट गरेका छन्। “फेक न्युज छाप्‍ने अखबारहरूको भनाइमा लागेर ट्विटरले यो कदम उठाएको हो,” उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस्