“किराले मकैलाई छोइसकेपछि घरेलु उपाय त्यति प्रभावकारी हुँदैन। मकैको बिचबिचमा डेस्मोडियम घाँस लगाउने र बारीको डिलहरूमा नेपियर घाँस लगाउनु राम्रो हुन्छ। डेस्मोडियमको गन्धले किरालाइ विकर्षण गर्छ भने नेपियरले आकर्षण गर्छ। नेपियरमा आएको किरालाइ बिषादी प्रयोग गरि मार्ने गर्नुपर्छ,” उनी भन्छन्, “समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति हुन सक्ने देखिएकाले नगरपालिका, प्रदेश कृषि मन्त्रालय तथा अन्य सरोकारवालाहरूले समयमै सहयोग गर्नुपर्ने देखिन्छ।”
क्वारेन्टाइन कमजोर हुँदा भित्रिए फौजी किरा
पर्माकल्चर डिजाइनर एवं प्रशिक्षक गोविन्द शर्माका अनुसार नेपालमा यो किरा पहिले पनि थियो, तर थोरै अनुपातमा। गतवर्षदेखि यो किरा समस्याको रूपमा देखापरेको उनी बताउँछन्।
गोविन्दका अनुसार हाइब्रिड मकैहरूमा यसले बढी आक्रमण गरेको देखिएको छ। स्थानीय मकै वा घोगा छोपिने मकैहरूमा यसले कम आक्रमण गरेको छ। त्यस्तै चिसो भेगमा भन्दा गर्मी भेगका मकैहरूमा यसको आक्रमण बढी छ।
आखिर कहाँबाट भित्रियो त यो फौजी किरा ?
“विदेशबाट”, शर्मा भन्छन्, “बिउविजन आयात गर्दा तिनमा कुनै पनि किराको अवशेष छ, छैन भनेर जाँच गर्न क्वारेन्टाइनमा राखिनुपर्छ। तर, नेपालमा बीउ ल्याउँदा कुनै जाँच हुँदैन।”
शर्माले भनेजस्तै अहिले विदेशबाट आएका मानिसलाई कोभिड-१९ को संक्रमण छ, छैन भनेर जसरी क्वारेन्टाइनमा राखिन्छ त्यसैगरी विदेशबाट मकैकाबीउ आयात गर्दा पनि सीमा-नाकामा क्वारेन्टाइनमा राखिनुपथ्र्यो। तर त्यसो गरिएन।
नेपालमा भएका १४१ भन्सार नाकाहरूमध्ये १५ वटामा पनि क्वारेन्टाइन राम्रो नभएको शर्माको दावी छ। उनी भन्छन्, “रोग फैलिनै नदिन गनुपर्ने काम नगरेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ। अहिले त्यही भएको हो।”
अहिले यो किराले मकैमात्रै नभई अन्य बोटहरूमा पनि असर गर्न थालेको भेटिएको छ। शर्मा भन्छन्, “किराको संख्या बढ्दै गएपछि यिनीहरूले अन्य अन्नका बोटहरूमा पनि असर गर्न थाल्छन्। त्यसैले पहिले नै यसलाई रोकथाम गर्नुपर्छ।”
यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो। अमेरिकाको विभिन्न भाग हुँदै अफ्रिका महादेश पुगेको यो कीरा सन् २०१८ मा भारत, श्रीलंका, म्यानमार, भियतनाम, चीन, ताइवान, थाईल्यान्ड र बंगलादेशमा देखा परेको थियो।
सन् २०१६ पछिको यो किराको फैलावट ब्यापक देखिएको छ। यो किराको पुतली एक रातमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने वैज्ञानिकहरूको दाबी छ। दिनमा भन्दा पनि रातमा यी किराहरू धेरै सक्रिय हुन्छन्।
गतवर्ष नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का किट वैज्ञानिक अजयरत्न बज्राचार्य र बिनु भाटले गरेको अनुसन्धानमा फौजी किरा नेपाल प्रवेश गरेको पुष्टि भएको थियो।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यस किराबारे थप अनुसन्धान अगाडि बढाएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताए। साथै रामपुर, चितवनमा रहेको राष्ट्रिय मकै अनुसन्धान केन्द्र र खुमलटारमा रहेको इन्टोमोलोजीमा यस किराबारे थप अनुसन्धान भइरहेको समेत उनले बताए।
अहिले कृषि सम्बन्धी जिम्मेवारी स्थानीय सरकार र प्रदेश सरकारलाई सुम्पिएको छ। तर यो अमेरिकी फौजी किरा स्थानीय र प्रदेशले मात्रै नियन्त्रण गर्न नसक्ने भएकाले प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले उनीहरूलाई सहजीकरण गरिरहेको डा. श्रेष्ठले जनाए।
नेपालका अधिकांश ठाउँमा यो किराको प्रकोप देखिन थालेको डा. श्रेष्ठ बताउँछन्। थोरै समयमा मकैबाली सखाप पार्ने भएकाले यसले पार्ने असर भयानक हुने उनको विश्लेषण छ।
“यो ऊ भन्ने नै छैन, थुप्रै जिल्लामा फैलिइसक्यो,” डा. श्रेष्ठ भन्छन्, “यसको प्रकोपमा पर्ने अधिकांश तराईका जिल्लाहरू छन्। अनि पहाडी जिल्लामा पनि धेरै देखिन थालिसकेका छन्।”
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले देशभरी अमेरिकी फौजी किरा नियन्त्रणमा स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिरहेको केन्द्रका प्रमुख डा. रामकृष्ण श्रेष्ठले बताए। जेटी, जेटीएहरूलाई तालिम दिने, प्राविधिक सहयोग गर्ने, वा अनुगमन, अनुसन्धान गरी उचित सल्लाह दिने कामहरू केन्द्रले गरिरहेको उनले जानकारी गराए।
यो किरा नियन्त्रण गर्न सरकारले विभिन्न माध्यम अपनाए पनि किसानहरूले मनलाग्दी विषादी छर्किने क्रम नरोकिँदा झन् किराको संख्या बढ्ने खतरा रहेको डा. श्रेष्ठ बताउँछन्। भन्छन्, “बालीमा किरा लाग्यो भने मानिसहरू जेटी, जेटीएसँग सल्लाह लिँदेनन्। आफै मनलाग्दी विषादी छर्किदिन्छन्। जसले गर्दा बारीमा हुने मित्रु जीव नष्ट भएर शत्रु जीव झन् शक्तिशाली भएर निस्कने खतरा हुन्छ।”
त्यसकारण केन्द्रले विभिन्न सञ्चार माध्यमबाट किसानलाई यस किराबारे जानकारी दिएर सचेत गर्दै आएको उनी बताउँछन्।
यो किरा लाग्नै नदिने वा यदि लागिहाल्यो भने पनि विभिन्न उपायहरू अपनाउन सकिन्छ।
पर्माकल्चर डिजाइनर एवं प्रशिक्षक गोविन्द शर्मा र बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले यस्ता उपाय सुझाएका छन्ः
- किसानहरूले सामान्य रूपमा बाली लगाउने समयभन्दा पहिले नै बाली लगाउनुपर्छ।
- यो किरालाई मन नपर्ने जातको मकै रोप्नुपर्छ।
- बोट बिरुवामा यो किरा छ भने यसलाई निकालेर भौतिक रूपमा नष्ट गर्नुपर्छ।
- बत्तिको पासो थापेर माउ किरा वा पुतलीलाई मार्नुपर्छ।
- जैविक रूपमा बनाइने विषादीको प्रयोग गर्नुपर्छ।
- बालीनालीमा शत्रुकिरा र मित्रु किरा भन्ने हुन्छन्। शत्रु किराले बाली नष्ट गर्ने काम गर्छ भने मित्र किराले शत्रुकिरालाई नाश गर्दै बाली सपार्ने काम गर्छ। त्यसकारण मित्रु किराहरूको उत्पादन बढाएर शत्रु किरा मार्न सकिन्छ।
- मकै मात्रै रोपिएको ठाउँमा यो किराले धेरै असर गरेको देखिएको छ। त्यसैले मकैसँगै सिमी, भटमास, लगायत अन्य अन्नहरूको विउ लगाइ मिश्रित खेती गर्न सकिन्छ।
- मकैको बीचबिचमा डेस्मोडियम घाँस लगाउने र बारीको डिलहरूमा नेपियर घाँस लगाउनु राम्रो हुन्छ। डेस्मोडियमको गन्धले किरालाइ विकर्षण गर्छ भने नेपियरले आकर्षक गर्छ। नेपियरमा आएको किरालाई विषादी प्रयोग गरी मार्ने गर्नुपर्छ।
" />“किराले मकैलाई छोइसकेपछि घरेलु उपाय त्यति प्रभावकारी हुँदैन। मकैको बिचबिचमा डेस्मोडियम घाँस लगाउने र बारीको डिलहरूमा नेपियर घाँस लगाउनु राम्रो हुन्छ। डेस्मोडियमको गन्धले किरालाइ विकर्षण गर्छ भने नेपियरले आकर्षण गर्छ। नेपियरमा आएको किरालाइ बिषादी प्रयोग गरि मार्ने गर्नुपर्छ,” उनी भन्छन्, “समयमै नियन्त्रण गर्न नसके ठुलो क्षति हुन सक्ने देखिएकाले नगरपालिका, प्रदेश कृषि मन्त्रालय तथा अन्य सरोकारवालाहरूले समयमै सहयोग गर्नुपर्ने देखिन्छ।”

">