सांसद विकास कोषको रकमलाई निरन्तरता नदिन साझा पार्टीको माग <p>काठमाडौं। साझा पार्टीले संघीय तथा प्रदेश सांसदहरूलाई दिइने रकमलाई आगामी बजेटमा निरन्तरता नदिन माग गरेको छ।</p> <p>कोभिड-१९ का कारण देशमा चरम आर्थिक संकट देखिने सम्भावना रहेको र सरकारको राजस्व पनि घट्ने आकलन भइरहेका बेला वार्षिक २० अर्ब रुपैयाँ व्ययभार पर्ने उक्त कोषलाई निरन्तरता दिइन नहुने उक्त पार्टीको धारणा छ।</p> <p>अनुत्पादक र अनावश्यक खर्च कटौतीमा निर्मम हुन सरकारलाई विज्ञहरूले सुझाएको कुरालाई ध्यान दिन पनि साझा पार्टीले माग गरेको छ।</p> <p>&ldquo;२० अर्ब रुपैयाँले अत्यावश्यकीय स्थानहरूमा आधुनिक उपकरणसहितका दुई सय-दुई शय्याका सात वटासम्म अस्पताल निर्माण हुनसक्ने जानकारहरू बताउँदै आएका छन्,&rdquo; विज्ञप्तिमा भनिएको छ, &ldquo;सांसद विकास कोषसमेत भनेर चिनिने सो कार्यक्रम सधैंका लागि बन्द गरेर उक्त बजेट हालका लागि कोभिड-१९ संक्रमणविरुद्धको लडाईंमा र आउँदा वर्षहरूमा स्वास्थ्य पूर्वाधारको विकासमा लगाउन पनि साझा पार्टी माग गर्छ।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्