काठमाडौं। आजको प्रतिनिधि सभा बैठकमा पेश हुने तय भएको संविधान संशोधन विधेयकलाई कार्यसूचिबाट हटाइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आजको बैठकका लागि तय भएको कार्यसूचीबाट विधेयक पेश गर्ने कार्यक्रम हटेको बताए।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पनि आजको कार्यसूचीबाट संशोधन विधेयक हटाइएको देखापढीलाई जानकारी दिए।
“के कति कारणले हट्यो भन्ने हामीलाई जानकारी भएन्,” उनले भने, “हटाउने भन्ने निर्देशन आएपछि त्यसै अनुसार हटाइसकिएको छ।”
भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर जारी भएको नक्शालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा अध्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको हो ।
त्यसका लागि प्रतिनिधिसभाको आजको बैठकमा कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची बनेको थियो।
१३ जेठ दिउँसो संघीय संसदका महासचिव भरतराज गौतमले सार्वजनिक गरिएको आजको प्रतिनिधिसभाको कार्यसूचिमा उक्त विधेयक पेश गर्ने कार्यक्रम समावेश गरिएको थियो।
१३ जेठ साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।
उक्त बैठकमा उनले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गर्न दलहरुलाई आग्रह गरेका थिए। त्यसक्रममा प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठकमा छलफलका लागि केही समय माग गरेको बताइएको थियो।
यद्यपी आजको कार्यसूचीबाट संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम त्यसैकारण हटाइएको हो वा अन्य कारणले हो भन्नेबारे केही खुलिसकेको छैन।
" /> काठमाडौं। आजको प्रतिनिधि सभा बैठकमा पेश हुने तय भएको संविधान संशोधन विधेयकलाई कार्यसूचिबाट हटाइएको छ।सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले आजको बैठकका लागि तय भएको कार्यसूचीबाट विधेयक पेश गर्ने कार्यक्रम हटेको बताए।

">