काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले १५ जेठमा संघीय संसदमा प्रस्तुत गर्ने बजेटको रातो किताब छाप्न शुरू गरिएको छ।
अर्थ मन्त्रालयले १३ जेठमै रातो किताब छाप्नको लागि मुद्रण विभागमा पठाएको थियो। आज बिहानबाट विभागमा उच्च सुरक्षा सतर्कताको बीच बजेट छपाइ शुरू भएको छ।
बजेटको विस्तृत विवरण समेटिएको यो पुस्तकलाई रातो किताब भनेर चिनिन्छ। यसमा सञ्चित कोषमा हुने व्ययको अनुमान, खर्चको शीर्षकगत विवरण, वैदेशिक अनुदान र ऋणको विवरण खुलाइएको हुन्छ।
संसदमा प्रस्तुत हुने बजेट सामग्री १५ जेठको दिउँसोबाट मात्रै छाप्न पठाइने अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्।
अर्थ मन्त्रालयले यसपटक रातो किताबको संख्या पनि घटाएको छ। अघिल्ला वर्षहरू १५ सय प्रती छापिँदै आएको रातो किताब यस पटक ५०० प्रती मात्रै छाप्न भनिएको अर्थ मन्त्रालयका अधिकारीले बताए। आवश्यक परे पुनः छाप्न सकिने भएकाले अहिलेका लागि ५०० प्रती मात्रै छाप्न भनिएको उनले बताए।
अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले सिंहदरबारभित्रै रहेको मुद्रण विभागको अवलोकन गरेका छन्। बजेट गोपनीयताका लागि निकै कडा सुरक्षाका बीच बजेटका सामग्री छाप्ने गरिन्छ।
बजेटका अरू सामग्री भने १५ जेठको दिउँसो मात्रै छाप्ने अर्थ मन्त्रालयको तयारी छ।
रातो किताबबाहेक संसदमा अर्थमन्त्रीले पढ्ने बजेट भाषण र विनियोजन विधेयक छाप्नु पर्छ। विनियोजन विधेयक भने अर्थ मन्त्रालयभित्रै छापिन्छ।
यसअघि मुद्रण विभागमै चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण र सरकारी स्वामित्वका सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा विवरण पहेलो किताब छापेर अर्थ मन्त्रालयमा पठाइसकेको छ।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले १५ जेठमा संघीय संसदमा प्रस्तुत गर्ने बजेटको रातो किताब छाप्न शुरू गरिएको छ।अर्थ मन्त्रालयले १३ जेठमै रातो किताब छाप्नको लागि मुद्रण विभागमा पठाएको थियो। आज बिहानबाट विभागमा उच्च सुरक्षा सतर्कताको बीच बजेट छपाइ शुरू भएको छ।

">