भोलि ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत हुने
<p style="text-align:justify">काठमाडौं। सरकारले भोलि दिउँसो बस्ने संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्ने भएको छ।</p>
<p style="text-align:justify">अर्थमन्त्री डा. युवराज खतिवडाले भोलि दिउँसो ४ बजे संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ।</p>
<p style="text-align:justify">संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै भोलि दिउँसो बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी दिएका छन्।</p>