उद्योगमन्त्री भट्टकाे निर्देशन- ‘अनुत्पादक क्षेत्रका कम्पनी तत्काल हटाउनू’
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बालाजु औद्योगिक क्षेत्रको निरीक्षण गरेका छन्।

उद्योग राज्यमन्त्री मोतिलाल दुगड र उद्योग सचिव चन्द्र घिमिरेसहितको टोलीले आज औद्योगिक क्षेत्रको निरीक्षण गरेको हो।

निरीक्षणका क्रममा बालाजु औद्योगिक क्षेत्रमा उत्पादनमूलकभन्दा व्यापारिक क्षेत्रका कम्पनीहरूको संख्या धेरै पाइएको छ।

उत्पादनमूलक उद्योग बाहेकका सबै कम्पनीलाई तत्काल हटाउनका लागि बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन समितिलाई मन्त्री भट्टले निर्देशन दिएका छन्।

उनले भने, “पहुँचका आधारमा विगतमा उत्पादनमूलकभन्दा व्यापारिक कम्पनीहरूलाई औद्योगिक क्षेत्रमा सञ्चालनका अनुमति दिइएको थियो। अब ती सबैलाई हटाएर उत्पादनमूलक उद्योग ल्याउनुपर्छ।”

औद्योगिक क्षेत्रमा रहेका विभिन्न प्रकारका समस्यालाई तत्काल समाधान गर्न नसके बालाजु औद्योगिक क्षेत्र धरासायी हुने मन्त्री भट्टको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्