काठमाडौं। संयुक्त राष्ट्रसंघले आज ७१औँ स्थापना दिवस मनाएको छ।
‘हाम्रो ग्रह, हाम्रो भविष्य’ नारासहित यो वर्षको संयुक्त राष्ट्रसंघ दिवस मनाइएको हो।
यसअघिका वर्ष नेपालस्थित राष्ट्रसंघको कार्यालय परिषदमा स्थापना दिवस मनाउने गरिए पनि यो वर्ष खुला कार्यक्रम गरेर स्थापना दिवस मनाइएको छ।
नेपालस्थित राष्ट्रसंघको कार्यालयले युवा केन्द्रित कार्यक्रम राखेको नेपालस्थित राष्ट्रसंघका सूचना अधिकृत रामबाबु शाहले जानकारी दिए।
विश्व परिवेशका विषयमा युवाहरूको मत बुझ्न नेपालस्थित राष्ट्रसंघ कार्यालकी प्रमुख वैलेरी जूलियनडसँगै अन्य पदाधिकारीले युवासँग व्यक्तिगत रुपमा छलफल गरेका थिए ।
एक महीनाअघि राष्ट्रसंघको ७४औँ महासभामा स्वीडेनकी १६ वर्षीया बालिका ग्रेटा थुनबर्गले जलवायु परिर्वतनमा विश्वका नेताले हेलचेक¥याई गरेको भन्दै आक्रोश पोखेकी थिइन्।
शक्ति राष्ट्रले विश्व पर्यावरणका विषयमा ध्यान नदिंदा आफ्नो पुस्ताले जलवायु परिर्वतनको जोखिम मोल्नुपर्ने अवस्था आएको भन्दै उनले रोस प्रकट गरेकी थिइन्।
ग्रेटाको भाषणसँगै विश्वभरका बालबालिकाले आ–आफ्नो देशमा रहेको राष्ट्रसंघको कार्यालयअघि जलवायु परिर्वतनको मुद्दालाई लिएर प्रर्दशन गरेका थिए।