दुई खगोलविदको अन्तरिक्ष यात्रा ‘वेटिङ’मा
<p>वासिङ्टन । खगोलविदद्वय रोबर्ट बेनकेन र डगलस हर्लेको अन्तरिक्ष यात्रा खराब मौसमका कारण स्थगित भएको छ । उनीहरू हिजो राति अमेरिकाको फ्लोरिडाबाट अन्तर्राष्ट्रिय स्पेस स्टेसनका लागि उड्ने तयारी थियो ।</p>
<p>उनीहरूको उडान आगामी शनिबार या आइतबार मात्र हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।</p>
<p>हिजो बिहानदेखि भएको वर्षात् र चट्याङका कारण उडान स्थगित गर्नुपरेको नासाले जनाएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्