पूर्वजहरूको स्वाभिमान र वीरताबाट अनुप्रेरित होऔंः राष्ट्रपति
<p>काठमाडौं। गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्‍ट्रपति विद्यादेवी भण्डारीले पूर्वजहरूको स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित हुँदै राष्‍ट्रको सर्वांगिण विकासमा अग्रसर हुन आह्वान गरेकी छन्।</p>
<p>“यस अवसरमा सदाकाल स्वाधीन राष्‍ट्रको रूपमा रहेको हाम्रो देश नेपालको भौगोलिक अखण्डता कायम गर्न र राष्‍ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पु¥याउने हाम्रा पूर्वजहरूको योगदानको स्मरण” गर्नुपर्ने उनले बताएकी छन्।</p>
<p>निकै लामो संक्रमणकालपछि राजनीतिक स्थिरता र दिगो शान्ति कायम भएको उल्लेख गर्दै राष्‍ट्रपतिले संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आआफ्नो क्षेत्रबाट योगदान दिन पनि आग्रह गरेकी छन्।</p>
<p>यस ऐतिहासिक दिनल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रूपले सभ्य र समुन्‍नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिने विश्वास पनि राष्‍ट्रपतिले व्यक्त गरेकी छन्।</p>
प्रतिक्रिया दिनुहोस्