कांग्रेसले संविधान संशोधनबारे निर्णय गर्न १७ जेठमा बोलायो केन्द्रिय कार्यसमिति बैठक <p>काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ।</p> <p>पार्टी केन्द्रीय समितिको बैठक १७ जेठमा बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै जानकारी दिएका छन्। प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा कांग्रेसले संविधान संशोधनसम्बन्धी निर्णय केन्द्रीय कार्यसमिति बैठकबाट मात्र गर्ने भन्दै समय मागेको थियो।</p> <p>प्रतिनिधिसभाको हिजोको बैठकमा संविधान संशोधनको प्रस्ताव कार्यसूचीबाट हटाइएको थियो। उक्त प्रस्ताव नेपाली कांग्रेसको अनुरोधमा हटाइएको बताउँदै नेकपाका नेताहरूबाट धारणा आएको थियो ।&nbsp;</p> <p>कांग्रेसको धारणा पार्टीले नै सार्वजनिक गर्ने प्रवक्ता शर्माले बताएका छन् । भारतीय सञ्&zwj;चारमाध्यमहरूले पनि कांग्रेस संविधान संशोधनबाट पछि हटेको समाचार प्रकाशन-प्रसारण गरेकामा शर्माले आपत्ति जनाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्