विश्व महिला सम्मेलनकाे काठमाडौं घोषणापत्र जारी
काठमाडाैं। ‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवर्द्धन गरौं’ भन्ने अभियानका साथ शुरु भएको पाँचाैं विश्व महिला सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।

सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो।

बियोण्ड बेजिङ कमिटीले २० बुँदे काठमाडौं घोषणापत्र पारित गर्दै सो सम्मेलन समापन गरेको हो।

घोषणापत्रमा महिलामाथि गरिने सबै प्रकारका विभेद्को अन्त्य, राष्ट्रिय महिला आयोगलाई पूर्णता, समानुपातिक सहभागितालाई कार्यान्वयन, बालविवाहको अन्त्य लगायतका विषय समेटिएका छन्।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकारले जिम्मेवार भई काम गर्नुपर्ने बताए।

उनले स्थानीय सरकारसँग बुझेर महिला हिंसा निवारण कोष निर्माण गर्ने तयारीमा सरकार जुटेको उल्लेख गरे।

बियोण्ड बेजिङ कमिटी नेपालका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले सन् १९९५ मा चीनको बेजिङमा सम्पन्न चाैंथाे विश्व महिला सम्मेलनका कारण महिलाले आफ्नो आवाज राख्न वातावरण बनेको बताए।

उनले चाैंथो विश्व महिला सम्मेलनले विश्वलाई नै लैङ्गिक समानताको लागि उन्मुख गराएका कारण नेपालमा पनि परिवर्तन आएको दाबी गरे।

नेपालले बेजिङ सम्मेलनले प्रतिपादन गरेका १२ मुद्दा कार्यान्वयनका लागि राष्ट्रिय कार्यनीति तयार गरी पूर्ण प्रतिबद्धता व्यक्त गरिसकेको छ, जसमा बियोण्ड बेजिङ कमिटी नेपालले सन् १९९४ देखि नै लैङ्गिकता र महिला तथा बालिकाको अधिकारका लागि काम गर्दै आएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्