चिनियाँ जनकंग्रेसले पास गर्यो हङकङका लागि सुरक्षा कानून

काठमाडौं। चिनियाँ जनकंग्रेसले हङकङमा लागू हुने नयाँ सुरक्षा कानून पास गरेको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चेतावनीका बावजुद हङकङमा नयाँ सुरक्षा कानून लागू गर्न लागिएको हो ।

प्रजातन्त्रको पैरवीकर्ताहरुले हङकङमा अत्यावश्यकीय स्वतन्त्रता खोसिने चिन्ता गरेका छन्। बेइजिङमा भएको चिनियाँ जनकंग्रेसको वार्षिक सम्मेलनका क्रममा आज उक्त कानून पास गरिएको हो ।

१४ जेठमा ट्रम्प प्रशासनले सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गर्दा गरेको प्रतिबद्धता बमोजिमको स्वायत्तता अब सकिएको टिप्पणी गरेको थियो।

१३औं चिनियाँ जनकंग्रेसको तेस्रो सत्र पनि आजै बेइजिङमा समापन हुँदैछ। समापन पूर्व चीनको सर्वोच्च व्यवस्थापिकाले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून पास गरेको हो।

प्रतिक्रिया दिनुहोस्