काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनमा राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरेको छ।
आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले केन्द्रीय कार्य समितिबाट संविधान संशोधनका विषयमा संस्थागत निर्णय गर्ने बताउँदै राष्ट्रिय सहमतिको वातावरण बनाउन सरकारलाई आग्रह गरे।
भारतद्वारा अतिक्रमित भूभागसमेत समेटेर जारी भएको नक्शालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापमा अद्यावधिक गर्न संविधान संशोधन गर्न लागिएको छ।
संसद्बाट उक्त विषय पारित हुँदै गर्दा सबै दल एकठाउँमा हुने वातावरण सिर्जना गर्न शर्माले आग्रह गरे।
उनले प्रधानमन्त्रीले बोलाएको सर्वदीय बैठकमा सभापति शेरबहादुर देउवाले नक्शाका विषयमा सहमति जनाइसकेको र अब केन्द्रीय समिति बैठकबाट कांग्रेस संस्थागत निर्णय गर्ने बताए।
यसका लागि १७ जेठ दिउँसो १ बजे केन्द्रीय कार्य समिति बैठक बोलाइएको बताए।
सरकारले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता समेत गरिसकेको छ।
प्रतिनिधि सभाको हिजो १४ जेठको बैठकमा उक्त विधेयक पेश गर्ने कार्यसूची तय भएपनि कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्ने बताएपछि कार्यसूचीबाट हटाइएको थियो।
तर, प्रवक्ता शर्माले आफूहरूले केन्द्रीय समितिबाट निर्णय गर्छौँ भन्नुको मतलब संसद्को कार्यसूचीमा गइसकेको विषय हटाइनुपर्छ भन्ने नरहेको बताए।
१३ जेठ दिउँसो संघीय संसद्का महासचिव भरतराज गौतमले सार्वजनिक गरेको आजको प्रतिनिधि सभाको कार्यसूचीमा उक्त विधेयक पेश गर्ने कार्यक्रम समावेश गरिएको थियो।
१३ जेठ साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका थिए।
बैठकमा उनले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गर्न दलहरूलाई आग्रह गरेका थिए।
त्यसक्रममा प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसले आफ्नो केन्द्रीय समिति बैठकमा छलफलका लागि केही समय माग गरेको बताइएको थियो।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संविधान संशोधनमा राष्ट्रिय सहमतिको वातावरण बनाउन आग्रह गरेको छ।आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले केन्द्रीय कार्य समितिबाट संविधान संशोधनका विषयमा संस्थागत निर्णय गर्ने बताउँदै राष्ट्रिय सहमतिको वातावरण बनाउन सरकारलाई आग्रह गरे।

">