सरुवा रोग नियन्त्रण अस्पतालको पूर्वाधारमा साढे १२ अर्ब विनियोजन
काठमाडौं। आगामी वर्ष सरकारले काठमाडौंमा ३०० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल स्थापना गर्ने भएको छ।
साथै हरेक प्रदेशको राजधानीमा ५० शय्याका त्यस्तै अस्पताल स्थापना गर्ने जानकारी अर्थमन्त्री युवराज खतिवडाले गराए।
त्यस्तै, स्थानीय तहमा २७२ वटा अस्पताल स्थापना गर्न पनि उनले बजेट छुट्याएका छन्। त्यसका लागि १४ अर्ब ७२ करोड रकम विनियोजन गरेका छन् ।
स्वास्थ्य बीमालाई आधारभूत स्वास्थ्य सेवा भन्दा बाहिर पनि विस्तार गर्ने भन्दै उनले त्यसका लागि साढे सात अर्व रकम विनियोजन गरेका छन्।
संघीय संसद्को जारी संयुक्त अधिवेशनमा उनले बजेट भाषण गरिरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्