सर्भाइकल र स्तन क्यान्सरजस्ता घातक रोगकाे निःशुल्क परीक्षण गरिने
<p>काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहका स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा एवं महिलाहरूमा हुने सर्भाइकल र स्तन क्यान्सरजस्ता घातक रोग पहिचान र उपचारको लागि निःशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका छन्।</p>
<p>आज संसद्‌‌मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सबै स्वास्थ्य संस्थाबाट पोषणका कार्यक्रम सञ्चालन गरिने बताए।</p>
<p>आगामी वर्ष पूर्ण खोपयुक्त मुलुक घोषणा गर्न आवश्यक बजेट व्यवस्था गरिएकाे उनकाे भनाइ छ।</p>
<p>साथै विभिन्न नागरिकलाई घातक रोग एवं ज्येष्ठ नागरिक तथा बालबालिकाको मुटुको निःशुल्क उपचार गर्न र क्षयरोग, एड्स, यौन रोग र कुष्ट रोग नियन्त्रण गर्न चार अर्ब २२ करोड विनियोजन गरिएकाे उनकाे भनाइ छ।</p>
प्रतिक्रिया दिनुहोस्