राजमार्गमा ट्रमा सेन्टर स्थापना गरिने <p>काठमाडौं। सवारी दुर्घटनाबाट हुने सम्भावित जोखिम न्यूनिकरण गर्नका लागि सरकारले राजमार्गमा ट्रमा सेन्टर गर्ने भएको छ।</p> <p>आउँदो आर्थिक वर्षको बजेट वक्तव्य मार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले सवारी दुर्घटना दुर्घटनाका घाइतेको उपचारका लागि राजमार्गमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका हुन्।</p> <p>सवारी दुर्घटनाबाट हुने जोखिम न्यूनिकरण गर्न सरकारले देभैभर एउटै नम्बरबाट एम्बुलेन्सलाई फोन गर्न सकिने नम्बरको व्यवस्था गर्न लागिएको हो।</p> <p>राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाका कारण वर्षेनी संयौं व्यक्तिले ज्यान गुमाइरहेका छन्। भने हजारौं मानिस घाइते भइरहेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्