काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरिरहेका छन्।
संघीय संसद्को संयुक्त अधिवेशनमा उनले बजेट प्रस्तु गरिरहेका छन।
संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. खतिवडाले कोरोना महामारीबाट नागरिकको जीवनरक्षा गर्न र त्यसको असर प्रभाव कम गर्न बजेट केन्द्रित रहेको बताएका छन्।
अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ क्षेत्रमा उल्लख्य बजेट विनियोजन गरेका छन्।
कोरोना महामारी नियन्त्रणमा ६ अर्ब विनियोजन गरेका छन् भने सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन गरेका छन्।
उनका अुनसार केन्द्रीय अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने, आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने र ३ वर्षभित्र सबैको स्वास्थ्य बीमा गर्ने विषय बजेटमा समेटिएका छन्।
सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने र यो कार्यक्रमका लागि ७ अर्ब विनियोजन गरिएको छ।
स्थानीय तहमा २७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड रूपैयाँ विनियोजन गरिएको छ।
आज संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यो वर्ष स्वास्थ्य पूर्वाधार निर्माणका लागि १२ अर्ब ४६ करोड रकम विनियोजन गरेको जानकारी गराएका छन्।
आगामी वर्ष सरकारले काठमाडौंमा ३०० शय्याको सरुवा रोग नियन्त्रण अस्पताल स्थापना गर्ने भएको छ।
साथै हरेक प्रदेशको राजधानीमा ५० शय्याका त्यस्तै अस्पताल स्थापना गर्ने जानकारी अर्थमन्त्री युवराज खतिवडाले गराए।
आज संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यो वर्ष स्वास्थ्य पूर्वाधार निर्माणका लागि १२ अर्ब ४६ करोड रकम विनियोजन गरेको जानकारी गराए।
त्यस्तै, स्थानीय तहमा २७२ वटा अस्पताल स्थापना गर्न पनि उनले बजेट छुट्याएका छन्। त्यसका लागि १४ अर्ब ७२ करोड रकम विनियोजन गरेका छन् ।
स्वास्थ्य बीमालाई आधारभूत स्वास्थ्य सेवा भन्दा बाहिर पनि विस्तार गर्ने भन्दै उनले त्यसका लागि साढे सात अर्व रकम विनियोजन गरेका छन्।
यस्तै सरकारलेआगामी आर्थिक वर्षमा प्राविधिक तथा व्यवसायीक शिक्षालाई प्रोत्साहन गर्ने भएको छ।
४ अर्ब ३४ करोडको लगानीमा सरकारले झण्डै ७५ युवालाई व्यवसायिक तथा प्राविधिक सीप शिक्षा दिने लक्ष्य राखेको छ।
" />

">