काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज तेस्रो पटक अदालतमा पेश गरिएको छ।
जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा करीब दुई घण्टा राखेपछि महरालाई काठमाडौं जिल्ला अदालत पु¥याइएको हो।
महरालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले दुईपटक थपेको म्याद सकिएको छ।
अदालतले आजै उनको म्याद थप्ने या नथप्ने भन्ने निर्णय गर्नेछ। जिल्ला वकील कार्यालय स्रोतले महराविरुद्ध आजै अभियोग पत्र दर्ता हुन सक्ने जानकारी समेत दिएको छ।
१९ असोज बेलुका बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ परेका महरा १८ दिनदेखि हिरासतमा छन्। २३ असोजदेखि स्वास्थ्यमा समस्या आएपछि उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक थप भएको ५ दिनको म्याद हिजो सकिएको थियो।
“हामीले म्याद थपका लागि पुनः आज अदालतमा पेश गर्छौं,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने,“अनुसन्धानका केही विषय अझै बाँकी छन्, दिउँसोसम्म सकिए अनुसन्धान प्रतिवेदन बुझाउन सकिन्छ, नसकिए पुनः म्याद थपको माग गर्छौं।”
जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहायक जिल्ला न्यायाधिवक्ता एवं सूचना अधिकारी नुमराज खनालले प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पनि आजै अभियोगपत्र दायर गर्न नसकिने बताए।
“अनुसन्धान प्रतिवेदन आजै बुझाए पनि अध्ययन गर्नुपर्ने हुन्छ। कतिपय अनुसन्धानको पाटो नपुगेको हुन सक्छ”,उनले भने,“नभए थप अनुसन्धानका लागि म्याद थप हुन सक्छ ।”
प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी प्रावधान रहेको छ।
बलात्कार प्रयासको आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए। तर, उनले सांसद पदबाट भने अहिलेसम्म राजीनामा दिइसकेका छैनन्।
" /> काठमाडौं। संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि आज तेस्रो पटक अदालतमा पेश गरिएको छ।जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा करीब दुई घण्टा राखेपछि महरालाई काठमाडौं जिल्ला अदालत पु¥याइएको हो।

">