बाल संरक्षण कार्यक्रमका लागि तीन अर्ब ७६ करोड विनियाेजन

काठमाडौं। सरकारले बाल संरक्षण अनुदानको दायरा फराकिलो बनाएकाे छ।

बालबालिकालाई राज्यले संरक्षण गर्नुपर्छ भन्ने धारणाअनुरूप दलित, कर्णाली क्षेत्र तथा तराई-मधेशका गरिबीको रेखामुनि रहेका परिवारका बालबालिकालाई समेट्ने गरी अनुदानकाे दायरा फराकिलाे बनाइएकाे हाे।

यसका लागि तीन अर्ब ७६ करोड विनियोजन गरिएकाे छ। यसबाट करीब १३ लाख बालबालिका लाभान्वित हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

विशेष संरक्षण आवश्यक भएका अनाथ र जोखिममा परेका एचआइभी संक्रमित बालबालिकाको लागि भरपर्दाे सामाजिक सुरक्षा प्रदान गर्न सामाजिक संस्थाहरू समेत परिचालन गर्ने व्यवस्था मिलाइएको छ।

असहाय, बेवारिसे, संक्रमित सहयोगापेक्षीको आश्रय, संरक्षण, हेरचाह गर्दै देशलाई सडक मानवमुक्त राख्ने प्रबन्ध मिलाइएको खतिवडाले संसदमा बताए।

प्रतिक्रिया दिनुहोस्