स्रोतको अभाव हुँदा पनि प्रदेश र स्थानीय सरकारले पाउने अनुदान घटेन

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेशलाई ५५ अर्ब २९ करोड र स्थानीय तहमा ९० अर्ब ५ करोड समपूरक अनुदान दिने घोषणा गरेका छन्।

संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले संघीय सरकारको स्रोत खुम्चिएको भए पनि प्रदेश र स्थानीय तहमा जाने अनुदानको रकम भने यथावत राखेको बताए।

आगामी आर्थिक वर्षमा प्रदेशलाई ३५ अर्ब २५ करोड र स्थानीयलाई १ खर्ब ६१ करोड शसर्त अनुदान दिने उल्लेख गरेका छन्।

त्यसैगरी, राजस्व परिचालनबाट आउने रकमबाट १ खर्ब ६१ अर्ब रुपैयाँ पनि प्रदेश र स्थानीय तहलाई दिने अर्थमन्त्री खतिवडाले बताएका छन्।

त्यसैगरी, आगामी आर्थिक वर्षमा ९ अर्ब ९६ करोड समपूरक अनुदान दिइने र विशिष्ट प्रकारको काम गर्नका लागि ९ अर्ब ९७ करोड दिने कार्यक्रम पनि खतिवडाले बजेटमा ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्