माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गरिने
<p>काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले माध्यमिक तहभन्दा माथिको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने बताएका छन्।</p>
<p>आर्थिक वर्ष २०७७/७८ का लागि बजेट प्रस्तुत गर्दै उच्च शिक्षाको पाठ्यक्रममा पर्यटन विषय समावेश गर्ने जनाएका हुन्।</p>
<p>कोभिड १९ का कारण पर्यटन क्षेत्र जोखिममा परेको भन्दै यसको प्रवद्र्धन गर्न सरकारले यस्तो योजना अघि सारेको हो।</p>
<p>पर्यटन पूर्वाधारका लागि एक अर्ब २६ करोड विनियोजित गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्