नयाँ बजेट: एक प्रदेश एक पर्यटकीय गन्तव्य

काठमाडौं। सरकारले पर्यटन क्षेत्रको पूर्वाधारका लागि एक अर्ब २६ करोड रुपैयाँ छुट्याएको छ।

आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट छुट्याएको जानकारी दिए।

कोभिड-१९ विश्‍वव्यापी महामारीका कारण धराशायी भएको पर्यटन क्षेत्रको विकासका लागि एक प्रदेश एक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै लैजाने सरकारको योजना छ।

पर्यटन क्षेत्रमा आधारित कम्पनी तथा उद्योगहरुलाई कर शूल्क र ब्याज लगायतका क्षेत्रमा विषेश सुविधाको व्यवस्था गरिने अर्थमन्त्री खतिवडाले बताएका छन्।

यस कार्यक्रमबाट पर्यटनमा आधारित हवाई सेवा होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी जस्ता पर्यटनमा आधारित कम्पनीको पुनःउत्थान हुने बताइएको छ।

त्यसैगरी, अर्थमन्त्री डा. युवराज खतिवडाले हिमाली तथा पहाडी क्षेत्रमा पर्यटकिय गन्तव्यको बिकास गर्न १ अर्ब २६ करोड रुपैयाँ बजेट व्यवस्था गरेका छन्।

संक्रमणको जोखिम नियन्त्रण हुनसाथ पर्यटनलाई पुनःउत्थान गर्न आवश्यक पूर्वाधार विकास गर्ने गरी बजेटको व्यवस्था गरिएको उनले बताएका छन्।

पर्यटक आवागमन, पद यात्र र हिमाल आरोहन थप व्यवस्थित गर्न नविन कार्यक्रम ल्याइने छ।

माध्यमिक तथभन्दा माथिको शिक्षामा पर्यटकीय विषय समावेश गरिने तथा धार्मिक पर्यटनलाई थप विकास गर्दै पशुपति र लुम्बिनी जस्ता क्षेत्रलाई सांस्कृतिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ।

पहाडी एवं हिमाली क्षेत्रका पद यात्रालाई थप विकास गर्दै पर्यटकलाई आकर्षण गरिने छ।

राष्ट्र सेवक कर्मचारी, निजी क्षेत्रका कर्मचारी एंव सर्वसाधारणलाई स्वदेश घुम्‍न प्रोत्साहन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्