औद्योगिक पूर्वाधार निर्माणमा सरकारको ध्यान, २ अर्ब ६४ करोड विनियोजन
<p style="text-align:justify">काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा देशभर औद्योगिक पूर्वाधारको विकासमा जोड दिने भएको छ।</p>
<p style="text-align:justify">अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्दै आगामी वर्ष सबै प्रदेशमा एक आर्थिक क्षेत्रको निर्माण गर्ने बताएका हुन्।</p>
<p style="text-align:justify">यस्तै, देशभर १३० वटा औद्योगिक ग्राम बनाउने गरी योजना अघि बढाएको छ।</p>
<p style="text-align:justify">सरकारले औद्योगिक पूर्वाधार विकासका लागि २ अर्ब ६४ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ।</p>