काठमाडौं। कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने आवश्यक प्रक्रिया अगाडि बढाउने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।
त्यस्तै काठमाडौं उपत्यकाको मौलिक संस्कृति एवं सम्पदा संरक्षण गर्दै पर्यटकहरूको आवागमन बढाउनको लागि भक्तपुरबाट शुरू भएको रात्रीकालीन सम्पदा यात्रा कार्यक्रम उपत्यकाका अन्य शहरमा विस्तार गरिने उनले बताए।
उनका अनुसार राष्ट्रिय संस्कृति संग्रहालय कीर्तिपुर निर्माण कार्य अगाडि बढाइनेछ।
शहीदपार्क निर्माण कार्य अगाडि बढाइने उनले जनाए। त्यस्तै विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको संरक्षण गरिने पनि उनले बताए।
लुम्बिनी क्षेत्र र रामग्रामको गुरुयोजना अगाडि बढाइनेछ। जानकी मन्दिर संरक्षण तथा मिथिला संस्कृति संरक्षण र विकासका लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिने खतिवडाले बताए।
पाथिभरा, बिराट्क्षेत्र, बराह क्षेत्र, खप्तड, काक्रेविहार, हलेशी, गौरीशंकर, लगायत धार्मिक क्षेत्रको विकासका लागि आवश्यक बजेट छुट्याएको उनले बताएका छन्।
त्यस्तै रामायण परिपथ निर्माणको कार्य शुरू गर्न तथा अमूर्त सांस्कृतिक सम्पदा संरक्षण गर्न राष्ट्रिय अभिलेख पुस्तिका तयार गर्ने बजेट व्यवस्था गरेका छन्।
साहित्य, कला तथा संगीत क्षेत्रको उत्थान र विकासका साथै सबै समुदायको परम्परागत सीप तथा सांस्कृतिक मुल्य मान्यता संरक्षणका लागि नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि आवश्यक बजेट छुट्याइएको उनले बताए।
" /> काठमाडौं। कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने आवश्यक प्रक्रिया अगाडि बढाउने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।त्यस्तै काठमाडौं उपत्यकाको मौलिक संस्कृति एवं सम्पदा संरक्षण गर्दै पर्यटकहरूको आवागमन बढाउनको लागि भक्तपुरबाट शुरू भएको रात्रीकालीन सम्पदा यात्रा कार्यक्रम उपत्यकाका अन्य शहरमा विस्तार गरिने उनले बताए।

">