रूग्ण तथा बन्द सरकारी उद्योग सञ्‍चालन गर्न निजी क्षेत्रसँग सहकार्य गरिने <p>काठमाडौं। सरकारले रूग्ण तथा बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने भएको छ।</p> <p>सरकारी स्वामित्वमा रहेका तर पूर्ण क्षमतामा सञ्चालन नभइ घाटामा सञ्&zwj;चालन भइरहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउन र नाफा आर्जन गर्नका लागि निजी क्षेत्रलाई भित्र्याउने भएको हो।</p> <p>अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट घोषणा गर्दै रूग्ण तथा बन्द रहेका उद्योगमा निजी क्षेत्रलाई साझेदारका रुपमा भित्र्याउने जानकारी गराएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्