आउँदो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य

काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धlको लक्ष्यसहित १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट संसद्मा प्रस्तुत गरेका छन्।

चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।

गत वर्ष सरकारले बजेट प्रस्तुत गर्दा ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।

चालु आवमा सरकारले बजेटको आकार पनि घटाएको छ।

कूल बजेटमध्ये ९ खर्ब ४८ अर्ब ९४ करोड रूपैयाँ चालु खर्च हुने छ।

३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पूँजीगत खर्च हुने छ।

सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रूपैयाँ राजश्व संकलनबाट उठाउने छ।

साथै, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रूपैयाँ जुटाउने छ।

वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।

आन्तरिक ऋणको पैसा विकास खर्चमा लगाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्