एक हजार ३०० मेगावाट विद्युत् थपिने

काठमाडौं। आगामी आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा एक हजार ३०० मेगावाट विद्युत् थपिने भएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट घोषणा गर्ने क्रममा आगामी वर्ष एक हजार ३०० मेगावाट विद्युत् थपिने उल्लेख गरे।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट ४५६ मेगावाट, रसुवागढीबाट १११ मेगावाट, सान्जेनबाट ५७ मेगावाट र मध्य भोटेकोशी आयोजनाबाट १०२ मेगावाट विद्युत् थपिने भएको हो।

यसका साथै, निजी क्षेत्रका आयोजना सम्पन्न गरेर एक हजार ३०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप गर्ने लक्ष्य सरकारले लिएको हो।

यस्तै आगामी वर्षदेखि विद्युत निर्यात गर्न सक्ने गरी जलाशय र जलाशययुक्त आयोजना बनाइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्