काठमाडौं। कोरोना रोकथामका लागि पहिलो पंक्तिमा रहेर काम गर्नेहरू बाहेक अरूको भत्ता कटाैती गरिएको छ।
आगामी आर्थिक वर्षमा कोरोना रोकथामका लागि पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारीबाहेक अरूको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता लगायत सबै प्रकारका भत्ता कटाैती गरिएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आज संसद्मा बजेट प्रस्तुत गर्दै राजश्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा पर्ने थप चापलाई व्यवस्थापन गर्न प्रशासनीक खर्चमा मितव्ययिता अपनाइने बताए।
कार्यालय सञ्चालन, इन्धन, मर्मत, सहज अवस्था आएपछि हुने आन्तरिक र वैदेशिक भ्रमण, गोष्ठी, सेमिनार, भैपरी आउने खर्च, फर्निचर, सवारी साधन खरिदमा उल्लेख्य बजेट कटौती गरिएको उनले बताए।
" /> काठमाडौं। कोरोना रोकथामका लागि पहिलो पंक्तिमा रहेर काम गर्नेहरू बाहेक अरूको भत्ता कटाैती गरिएको छ।आगामी आर्थिक वर्षमा कोरोना रोकथामका लागि पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारीबाहेक अरूको प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा भत्ता, जोखिम भत्ता लगायत सबै प्रकारका भत्ता कटाैती गरिएको छ।

">