सुन र पेट्रोलियम पदार्थको मूल्य बढ्ने
<p>काठमाडौं। सरकारले सुन र पेट्रोलियम पदार्थको भन्सार महसुल बढाएको छ।</p>
<p>अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।</p>
<p>अर्थमन्त्री खतिवडाले हवाई तथा एलपी ग्यासबाहेकका पेट्रोलियम पदार्थ र सुन तथा सुनका गहनामा लाग्ने भन्सार महसुलमा सामान्य वृद्धि गरेको बताएका हुन्।</p>
<p>यससँगै डिजेल, पेट्रोल, मट्टितेल र सुन तथा सुनको गहनाको मूल्य बढ्ने देखिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्