कांग्रेसको प्रश्न- ‘कोरोनाकालीन बजेट कहिले आउँछ ?’

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारले आज ल्याएको बजेटले कोरोना संक्रमणको महामारीलाई सम्बोधन गर्न नसकेको टिप्पणी गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस्तो टिप्पणी गरेका हुन्।

“कोरोनाअघिको बजेट पोहोर सुनियो, कोरोनापछिको बजेट आज सुनिरहेका छौं”, शर्माले ट्वीटरमा लेखेका छन्, “एक सानो जिज्ञासा छ, कोरोनाकालीन बजेट चाहिँ कहिले आउँछ?”

अर्थमन्त्री डा. खतिवडाले आउँदो आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

कोरोना अघिको बजेट पोहोर सुनियो l कोरोना पछिको बजेट आज सुनिरहेका छौं !

एक सानो जिज्ञासा छ- @Pm_Nepal कोरोना कालिन बजेट चैं कहिले आउंछ ?

— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 28, 2020

प्रतिक्रिया दिनुहोस्