बालिका हत्या आरोपमा बाङ्लादेशमा १६ जनालाई मृत्युदण्ड

काठमाडौं। शिक्षकलाई यौन दुर्व्यवहारको आरोप लगाउने एक विद्यार्थीको हत्या गरेको आरोपमा बाङ्लादेशको अदालतले १६ जनालाई मृत्युदण्डको सजायँ सुनाएको छ।

बाङ्लादेशको राजधानी ढाकाबाट करीब १६० किलोमिटर टाढा रहेको फेनी नगरकी १९ वर्षीया नूसरत जँहा रफीको गत अप्रिल महिनामा आगो लगाएर हत्या गरिएको थियो।

नुसरतले आफूविरुद्द यौन दुर्व्यवहारको आरोप लगाएका स्कूलका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रालाई पनि दोषि ठहर गरिएको छ।

उनको हत्यालाई लिएर पुरै बाङ्लादेश स्तब्ध भएको थियो।

हत्याकोे विरोध र उनको परिवारलाई न्यायको माग गर्दै बाङ्लादेशमा लगातार प्रदर्शन भई रहेका थिए।

बाङ्लादेशको अदालतले यो मुद्दाको फौसला अन्य मुद्दाको तुलनामा छिटो गरेको बीबीसीले जनाएको छ।

अभियोजनकर्ता हाफेज अहमदले भने,‘यो निर्णयले बाङ्लादेशमा कुनै पनि हत्याराले उन्मुक्ति नपाउने कानून रहेको प्रष्ट भएको छ।’

यद्यपि विपक्षीको पक्षबाट अदालतमा मुद्दा लड्दै आएका वकीलले अदालतको निर्णयविरुद्द अपिल गर्ने बताएका छन्।

नुसरतको हत्याको अनुसन्धान गर्दा उनले यौन दुर्व्यवहारको विषयमा कतै बोल्न नसक्ने षड्यन्त्र गरिएको पाइएको छ।

उनलाई बोल्न नदिनेमा उनकै कक्षाका सहपाठीदेखि समाजका गन्यमान्य व्यक्तिहरु रहेको बताइएको छ।

अनुसन्धानको क्रममा नुसरतका विषयमा गलत हल्ला फैलाएर उनको हत्यालाई आत्महत्या करार गर्न स्थानीय प्रहरी पनि संलग्न रहेको बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्