राष्ट्रकवि घिमिरेलाई मदन-शीला स्रष्टा सम्मान
काठमाडाैं। राष्ट्रकवि माधव घिमिरेलाई २०७५ को मदन-शीला स्रष्टा सम्मान अर्पण गरिएको छ।

मदन शिला प्रतिष्ठानद्वारा स्थापित सो पुरस्कारको राशि एक लाख एक हजार रूपैयाँसहित सम्मानपत्र छ।

यसैगरी प्रतिष्ठानले सोही वर्षको साहित्यिक पत्रकारिता पुरस्कार उन्ननय र दियालो साहित्यिक पत्रिकालाई प्रदान गरियो।

ती पुरस्कारको राशि ५० हजार रूपैयाँसहित सम्मानपत्र रहेको छ।

नेपाली साहित्यिक सम्मेलन दार्जलिङको मुखपत्रका रूपमा त्रैमासिकरूपमा दियालो प्रकाशन हुँदै आएको छ।

यसका प्रधानसम्पादक नेपाली साहित्यिक सम्मेलन दार्जलिङका अध्यक्ष डा. चन्द्रकुमार राई हुन्।

यसैगरी उन्नयनका प्रधानसम्पादकमा अच्युतरमण अधिकारी हुन्।

कार्यक्रममा ती पत्रिकाका सम्पादक डा. राई र अधिकारीले पुरस्कार तथा सम्मान ग्रहण गरेका थिए।

सो अवसरमा राष्ट्रकवि घिमिरेले साहित्यकारलाई साहित्यका आँखीझ्यालबाट नियाल्न र राजनीतिक चस्माले नहेर्न आग्रह गरे।

“मैले जीवनमा जे कर्म गरेँ, अहिले मलाई समाजले त्यहीरूपमा पुरस्कृत गरिराखेको छ, कर्म गर्न छाड्न हुँदैन,” उनले भने।

शताब्दी पुरुष सत्यमोहन जोशीले ती व्यक्तित्वलाई पुरस्कार अर्पण गर्दै आफूले राष्ट्रकविबाट साहित्य रचना सिकेको स्मरण गरे।

नेपाली भाषा र संस्कृतिको क्षेत्रमा धेरै अन्वेषण बाँकी रहेको उनले बताए।

प्रतिष्ठानका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीले राष्ट्रकवि घिमिरेलाई प्रतिष्ठानले पुरस्कृत गर्न पाएकोमा खुशी व्यक्त गरे।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्