काठमाडौं। १० वर्षदेखि घरेलु कामदार सप्लाई गर्ने कम्पनी सञ्चालन गर्दै आएका प्रशान्त डंगोललाई लकडाउन शुरू भएपछि एकजनाले फोन गरेर भने, “तपाईंको कम्पनीमार्फत् लिएको कामदारलाई अबदेखि नआउन भनेको छु।”
त्यसको साटो कामदारलाई काम गरेको अवधिको भन्दा केही बढी तलब दिने ती व्यक्तिले बताए ।
त्यसको केही दिनमै डंगोललाई अरू दुई/तीनजनाले फोन गरेर उसै गरी घरेलु कामदारलाई नआउन भनेको बताए।
उनीहरूलाई जवाफ दिँदै डंगोलले भनेका थिए, “कम्पनीले तपाईंहरू दुवैजनाबीच श्रम सम्झौता गराएको छ। त्यही सम्झौताको आधारमा अगाडि बढ्नुस्।”
रोजगारदाताले लकडाउनका कारण घरेलु कामदारलाई काममा नआउन भनेको सप्लायर्स कम्पनीलाई बताएका थिए।
“लकडाउन नै कारण भए त लकडाउनभरि मात्र नआउन भन्नुपर्ने हो”, डंगोल भन्छन् ।
त्यसो भए किन ती रोजगारदाताले घरायसी कामका लागि राखिएका कामदारलाई नआउन भने त ?
आफ्नो कम्पनीमार्फत् हजारौं श्रमिक र रोजगारदातालाई भेट गराएका सञ्चालक डंगोल भन्छन्,, “पक्कै पनि ती रोजगारदाताको आम्दानीको स्रोत गुमेको वा आगामी दिनमा गुम्ने सम्भावना भएकाले हुन सक्छ।”
यसरी नै रोजगारदाताले आफ्नो घरमा काम गर्दै आएका घरेलु श्रमिकलाई रोजगारीबाट निकाल्दै जाने हो भने लकडाउनपछि नै हजारौं घरेलु कामदारले रोजगारी गुमाउने सम्भावना रहेको बताउँछन् डंगोल। लकडाउनका कारण रोजगारदाताको आर्थिक अवस्था खस्किएको र आगामी दिनमा रोजगारी गुमाउन सक्ने भएकाले यस्तो चुनौती सिर्जना भएको डंगोलको अनुमान छ।
भन्छन्, “घरका सबै सदस्यहरू व्यस्त भएपछि घरको काम गर्नलाई घरेलु कामदार राख्छन्। यदि घरका कोही एकजनाले आफ्नो रोजगारी गुमाए भने आर्थिक अवस्था खस्किन्छ र कामदारलाई नआउन भन्छन्।”
नेपाल गृह श्रमिक ट्रेड युनियनकी महासचिव ज्ञानुमाया केसीले श्रीमान विदेशमा रोजगारीका लागि गएका परिवारले पनि घरको सरसफाइ, भाँडा माझ्न र कपडा धुनका लागि कामदार राख्ने गरेको बताइन्।
उनले कोभिड–१९ महामारीका कारण वैदेशिक रोजगारीमा गएका धेरै युवा फर्किने सम्भावना भएकाले धेरै घरेलु कामदारले रोजगारी गुमाउने बताइन्।
त्यस्तै छोराछोरी विदेशमा हुने बाबुआमाहरूले पनि घरको काम गर्नका लागि कामदार राख्ने गरेका छन्। महामारीपछि छोराछोरी स्वदेश फर्किए भने त्यस्ता घरका कामदारले पनि आफ्नो रोजीरोटी गुमाउने सम्भावना छ।
कामदारलाई जीवन धान्नै मुश्किल
घरेलु कामदारको रूपमा रोजगारदाताको घरमा काम गरेर जीवन चलाइरहेका धेरैको दैनिक जीवन पनि अहिले कष्टकर बनिरहेछ। त्यसमध्ये एक हुन्, रामेछापकी सानु कार्की। घरेलु काम गरेर परिवार पाल्दै आएकी कार्कीको लकडाउनका कारण काम छुटेपछि दैनिक जीवन कष्टकर भएको छ।
“खाडीमा रहेका श्रीमानले समेत अहिले पैसा पठाउनु भएको छैन”, उनले भनिन्, “आफ्नो पनि काम छुटेको छ। दुई जना छोरा/छोरी र आफ्नो हातमुख जोड्नै समस्या भएको छ।”
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का उपाध्यक्ष विदुर कार्कीका अनुसार यसरी घरेलु काम गर्ने कामदार तीन प्रकारका छन्। काम गर्ने घरमै खाने/बस्ने, दिउँसो वा राति काम गरेर आफ्नै डेरा फर्किने र केही घन्टा मात्र काम गर्ने। तीमध्ये १० प्रतिशत पुरुष र ९० प्रतिशत महिला रहेको अनुमान गरिएको छ। उनी भन्छन्, “त्यसरी केही घन्टा काम गर्नेहरूले दिनमै तीन/चारवटा वा त्योभन्दा धेरै घरमा काम गर्न भ्याउँछन्। धेरै घरमा काम गरेपछि थोरै/थोरै गरेर धेरै कमाउने गर्छन्।”
जिफन्टको परिभाषाअनुसार घरको सरसफाइ गर्ने, घरको गाडी चलाउने ड्राइभर, गार्डेनमा काम गर्ने माली, कपडा धुने, लुगा धुने र खाना पकाउनेहरूलाई घरेलु कामदार भनिन्छ। लकडाउनले यी सबै काम ठप्प रहेकाले घरेलु कामदारहरूलाई आर्थिक समस्या भइरहेको उनको भनाइ छ।
कति छन् घरेलु कामदार ?
नेपाल ट्रेड युनियन महासंघले सन् २०११ मा सार्वजनिक गरेको घरेलु कामदारहरूको तथ्यांकअनुसार त्यतिबेला नेपालमा ६० देखि ७० हजार घरेलु कामदार थिए। त्यसको केही वर्षपछि गैर-सरकारी संस्था ‘क्लास नेपाल’ले झण्डै दुई लाखको संख्यामा घरेलु कामदार रहेको तथ्यांक सार्वजनिक गरेको थियो।
हालसम्म नेपालमा कति जना घरेलु कामदार छन् भन्ने आधिकारिक तथ्यांक छैन। यद्यपि, युनियनकी महासचिव केसी देशभर दुई लाखभन्दा बढी घरेलु कामदार हुन सक्ने अनुमान गर्छिन् ।
उनका अनुसार पछिल्लो समय घरेलु कामदारहरूको माग बढ्दै गएको थियो।धेरै व्यक्ति वैदेशिक रोजगारमा गएको तथा श्रीमान र श्रीमती दुवैजना रोजगारीमा आवद्ध हुँदा घरमा काम गर्ने समय अभाव भएकाले माग बढ्दै गएको केसीको विश्लेषण छ ।
तर, लकडाउनका कारण रोजगारदाताकै आर्थिक आम्दानीको स्रोत गुम्ने चुनौती बढेपछि घरेलु कामदारको आयस्रोत गुम्ने खतरा छ।
" /> काठमाडौं। १० वर्षदेखि घरेलु कामदार सप्लाई गर्ने कम्पनी सञ्चालन गर्दै आएका प्रशान्त डंगोललाई लकडाउन शुरू भएपछि एकजनाले फोन गरेर भने, “तपाईंको कम्पनीमार्फत् लिएको कामदारलाई अबदेखि नआउन भनेको छु।”त्यसको साटो कामदारलाई काम गरेको अवधिको भन्दा केही बढी तलब दिने ती व्यक्तिले बताए ।

">