काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परम्परावादी सोंचबाट आगामी आर्थिक वर्षको बजेट आएकोले देशको विकासलाई गति दिन नसक्ने टिप्पणी गरेका छन्।
नेपाल आर्थिक पत्रकार समाजले गरेको बजेटपछिको छलफलमा पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले भने, “असनको चौबाटोमा उभिएर अर्थमन्त्रीले बाटो पहिल्यान नसकेको जसरी बजेट आएको छ। न यसले बजारलाई प्राथमिकता दिएको न समाजवादको बाटो समात्न सकेको छ।”
अहिलेको बजेटले केही सुधार हुने तर, क्रमभङ्ग हुन नसक्ने उनले बताए। तत्कालीन समस्या समाधानमा ध्यान दिएर विकासका फड्को मार्न सक्ने बजेट हुनुपर्ने उनले बताए।
शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयको सरकारले जिम्मा लिएर समाजवादमा पुग्नका लागि अहिलेलाई औद्योगिक पूँजीवादमा ध्यान दिर्नुे बताए।
“यो बजेटले न समाजवादको बाटो समातेको छ, न बजारवादको बाटो लिएको छ”, भट्टराईले भने, “हामी जाने भनेको समाजवादमा हो। त्यसका लागिग अहिले औद्योगिक पूँजीवादको नीति अवलम्बन गर्नुपर्ने हो।”
बजेट आयव्ययको हिसाब मात्रै नभएर दृष्टिकोण र अर्थराजनीतिक दर्शन पनि भएकाले भविष्यको दिशानिर्देश गर्ने खालको हुनुपर्ने उनले बताए।
देशमा भएको स्रोतलाई मात्रै व्यवस्थापन गर्ने नभई बजेटबाट नयाँ सम्भावनाको खोजी पर्ने तर, सरकारले ल्याएको बजेटमा त्यस्तो नभएको उनले बताए।
“सरकार सञ्चालन गरिरहेको पार्टीको नीति सबै राज्यले नै जिम्मा लिनु पर्छ। निजी क्षेत्रलाई विश्वास गर्नु हुँदैन। खुलेर बजारको प्रवर्द्धन गरौं भन्न पनि सक्नुहुन्न, डराउनुहुन्छ। राज्यले नै गर्नुपर्ने कुरामा पनि ध्यान दिनुहुन्न”, भट्टराईले भने, “शिक्षा र स्वास्थ्य क्षेत्र लथालिङ्ग छ। यसमा सरकारले जिम्मा लिनुपर्ने हो।”
" /> काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परम्परावादी सोंचबाट आगामी आर्थिक वर्षको बजेट आएकोले देशको विकासलाई गति दिन नसक्ने टिप्पणी गरेका छन्।नेपाल आर्थिक पत्रकार समाजले गरेको बजेटपछिको छलफलमा पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले भने, “असनको चौबाटोमा उभिएर अर्थमन्त्रीले बाटो पहिल्यान नसकेको जसरी बजेट आएको छ। न यसले बजारलाई प्राथमिकता दिएको न समाजवादको बाटो समात्न सकेको छ।”

">