पूजा बोहराका बलात्कारीलाई सफाइ दिने पुनरावेदन अदालतकाे फैसला सर्वाेच्चले उल्ट्यायाे
काठमाडौं। सर्वोच्च अदालतले बैतडीकी पूजा बोहरालाई बलात्कार गरेको अभियोग लागेका अमरराज अवस्थी र सागर भट्टलाई दोषी ठहर गरेको छ।

बैतडी सदरमुकाममा बसेर एसएलसी दिँदै गरेकी किशोरीलाई ९ चैत २०६८ मा अवस्थी र भट्टले बलात्कार गरेका थिए।

९ पुस २०६९ मा बैतडी जिल्ला अदालतले उनीहरूलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवानाकाे फैसला गरेको थियो।

जिल्ला न्यायाधीश हिमालयराज पाठकको इजलासबाट भएकाे उक्त फैसला उल्ट्याउँदै तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरले उनीहरूलाई सफाइ दिएको थियो ।

सफाइ दिने न्यायाधीशहहरू नरबहादुर शाही र रमेश राजभण्डारीमध्ये शाहीलाई हालै न्याय परिषद्ले अर्काे एउटा घटनामा दाेषी पाउँदै बर्खास्त गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयाँलको इजलासले पुनरावेदन अदालतको फैसला उल्ट्याउँदै अवस्थी र भट्टलाई दोषी ठहर गरेको हो।

अब उनीहरूलाई कति सजाय गर्ने भन्ने निर्णय एक महीनाभित्र सर्वोच्चको यही इजलासले गर्नेछ।

नयाँ फौजदारी संहिताअनुसार दोषी ठहर भएपछि उनीहरूलाई हुने सजाय निर्धारण गर्न छुट्टै सुनुवाइ गर्नुपर्छ। त्यसैअनुरूप उनीहरूलाई सजाय निर्धारण गर्न फेरि अर्को सुनुवाइ हुनेछ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्