सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्छः चिनियाँ राजदूत
काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने बताएकी छन्।

राजदूत यान्छिले ट्वीट गर्दै चिनियाँ सर्वेयरले पनि सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको नाप लिएको बताएकी छिन्।

उनले ट्वीटरमा फोटो पोस्ट गरेर २६ मे २०२० मा चिनियाँ सर्वेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन्।

“सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुगेका चिनियाँ र नेपाली टीमलाई बधाई। सगरमाथा दुवै देशको मित्रताको संकेत हो। दुवै देशले संयुक्त रूपमा सगरमाथाको उचाइ संयुक्त वक्तव्य मार्फत सार्वजनिक गर्नेछ”, यान्छीले भनेकी छिन्।

नेपालले गत वर्ष नै सगरमाथाको नाप लिइसकेको छ। चिनियाँ राजदूतले चिनियाँ र नेपाली टोली भनेर २२ मे २०१९ मा नेपाली टोलीले खिचेको फोटो राखेकी छिन्।

नापी विभागबाट गएको सर्वेयर टोलीले २२ मे २०१९ मा सगरमाथाको नाप लिएको नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए।

“हामीले सगरमाथामा विभिन्न ठाउँबाट विभिन्न प्रविधिमा लिएको नापको तथ्यांक प्रशोधनको काम अन्तिम चरणमा छ। लकडाउनको कारण काम प्रभावित भएको छ”, ढकालले भने।

तर, नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने बारेमा भने थाहा नभएको उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्