काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले तीब्र आर्थिक वृद्धिमा अगाडी बढ्नका लागि जग बसाउन ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट बनाएको बताएका छन्।
हिजो, १५ जेठमा संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले दुई पाइला अघि बढ्नको लागि अहिले एक पाइला पछि हटेर बजेट बनाएको बताएका छन्।
“अत्यन्त सर्तकताका साथ तरल अवस्थालाई ध्यान दिएर बजेट बनाइएको छ। यस वर्षको भन्दा पनि कम आकारमा बजेट ल्याउनु परेको छ। यो भनेको दुई पाइला अघि बढ्नका लागि एक पाइला पछि हटेको अवस्था हो”, खतिवडाले भने।
संघीय सरकारलाई स्रोत जुटाउन सकस हुँदा पनि प्रदेश र स्थानीय तहमा जाने समानिकरण अनुदान यथावत राखेर शशर्त अनुदान बढाएको उनले बताए।
“महामारीसँग जुध्नका लागि प्रदेश र स्थानीय सरकारले प्रभावकारी भूमिका देखिएको छ। स्रोत जुटाउन समस्या हुँदा हुँदै बजेट काटिएको छैन”, अर्थमन्त्रीले भने।
स्वाथ्य, शिक्षा लगायत सामाजिक क्षेत्रमा ठूलो मात्रामा रकम खर्च गर्नु परेकाले विकास गतिविधिमा धेरै रकम छुट्टयाउन नसकेको उनले बताए।
तीन वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट दोब्बर भएको उनले बताए। कृषि र शिक्षामा उल्लेख्य बजेट बढाएको उनले बताए। “कृषिमा प्रदेश र स्थानीय तहबाट जाने प्रशस्त बजेट हुन्छ। केन्द्रमा पनि केही मात्रामा बजेट बढेकै छ”, उनले भने।
स्वदेशमा धेरै मात्रामा रोजगारी गुमाएको, वैदेशिक रोजगारीबाट पनि फर्किने अवस्था आएको कारण रोजगारी सिर्जनामा विशेष ध्यान दिएर बजेट बनाएको खतिवडाले बताए।
“नेपालमा श्रम बजारमा करीब १० लाख मानिसले काम गरिरहेको सूचना पाएका छौं। त्यसको एकीन पनि गरौला। विदेशीलाई काम नदिने वित्तिकै ठूलो मात्रामा रोजगारीको अवस्था बढ्छ”, उनले भने। आगामी आर्थिक वर्षका लागि वस्तुवादी ढंगले रोजगारीको योजना बनाएको उनले दावी गरे।
रोजगारी सिर्जनाका लागि क्षेत्रगत रूपमा योजना तोकिएकाले अनुगमन गर्न पनि सजिलो हुने उनको भनाई छ।
आगामी आर्थिक वर्षमा कोरोना महामारीले असर पारेको क्षेत्रमा मात्रै करीब ६० अर्ब रूपैयाँ खर्च हुने गरी राहतको कार्यक्रम बजेटमा आएको खतिवडाले बताए।
“विद्युतमा दिएको छुटमा मात्रै ८ अर्ब खर्च हुन्छ। हवाई क्षेत्रमा सवा अर्ब रूपैयाँको राहत प्याकेज छ। सामाजिक सुरक्षा पनि सवा अर्ब खर्च हुन्छ। ५ प्रतिशत व्याजदरमा कर्जा दिँदा बेहोर्नुपर्ने खर्च मात्रै १४ अर्ब रूपैयाँ हुन्छ। राष्ट्र बैंकको १ खर्बको पुनकर्जा कोष परिचालन हुँदा ब्याजमा जाने अनुदान मात्रै २० अर्ब भन्दा बढी हुन्छ”, खतिवडाले भने।
आर्थिक वृद्धीको लक्ष्य औसत भएकाले कोरोना महामारी अन्त्य हुँदा मात्रै पनि ७ प्रतिशत वृद्धिदर हुने उनले बताए।
“तीन वर्षमा ७ प्रतिशत हाराहारीमा वृद्धिदर हासिल गरेका छौं। विगतका वर्षमा आर्थिक वृद्धिका आधारहरू तय भएका छन्। ७ प्रतिशत नेपालको औसत आर्थिक वृद्धी हो”, अर्थमन्त्री खतिवडाले भने।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले तीब्र आर्थिक वृद्धिमा अगाडी बढ्नका लागि जग बसाउन ध्यान दिएर आगामी आर्थिक वर्षको बजेट बनाएको बताएका छन्।हिजो, १५ जेठमा संसदमा प्रस्तुत भएको बजेटका सम्बन्धमा छलफल गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले दुई पाइला अघि बढ्नको लागि अहिले एक पाइला पछि हटेर बजेट बनाएको बताएका छन्।

">