कैलाली। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूपश्चिम प्रदेश सभा सदस्य महेश जोशीले सुदूरपश्चिम प्रदेश सरकार फेल भइसकेको बताएका छन्।
प्रदेश सभाको छैठौं अधिवेशनको चौंथो बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य जोशीले प्रदेश सरकार पूरै असफल भइसकेको टिप्पणी गरे।
प्रदेश सरकारको गतिविधिले संघीय व्यवस्था नै डगमगाउने अवस्थामा पुगेको भन्दै प्रदेश सांसद जोशीले संघीय व्यवस्था ठीक होइन भन्ने अवस्थाको सिर्जना भएकोले प्रदेश सरकारलाई पुर्नगठन गर्न माग गरे।
“संघीय व्यवस्था डगमगाउने स्थिति आइसक्यो। यो व्यवस्था ठीक होइन भन्ने अवस्थाको सिर्जना भइसक्यो। सरकारले रोजगारी ग्यारेन्टी गर्नुपर्थ्यो। सुरक्षा दिन सक्नुपर्थ्यो। त्यसो भएन”, जोशीले भने, “यो सरकार फेल भइसक्यो। असफल भइसक्यो। यो सरकार जनतालाई काम लाग्दैन। तत्काल यो सरकार करेक्सन हुनुपर्छ। सरकारले गर्न सक्ने काम गरेन। पैसा भएर पनि गरेन। सामाजिक काम पनि गरेन। शासन व्यवस्थाको काम पनि गरेन।”
प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको समीक्षा भइरहेको प्रदेश सभाको बैठकमा जोशीले सरकार जननताप्रति उत्तरदायी नभएको भन्दै सरकार किन सदन प्रति उत्तरदायी छैन ? भनेर प्रश्न गरे।
प्रदेश सरकारका मुख्यमन्त्री संसद्मा सहभागी नभएको प्रसंग उठाउँदै जोशीले भने,“संसद्मा आएर मुख्यमन्त्रीले कुरा सुने के हुन्छ ? के महामारी आउँछ ? मन्त्रीहरू नै जिम्मेवार भएनन्। मुख्यमन्त्रीले मन्त्रीलाई किन हटाउन सक्दैनन् ?”, उनले भने।
जोशीले संसद्मा छलफलका लागि ल्याएको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल औपचारिकता निभाउनका लागि गरिएको टिप्पणी गरे।
“दुई तिहाइ छँदैछ। जसरी पनि पास त भइहाल्छ। धनीका छोराछोरी सम्पन्नताले बिग्रिन्छन्। हामी पनि दुई तिहाइ भएर बिग्रियौं। दुई तिहाइ नभएको भए हामी पनि बिग्रिनबाट सजग हुन्थ्यौं”, जोशीले भने।
जोशी तत्कालीन माओवादी केन्द्रको तर्फबाट कञ्चनपुरबाट विजयी सांसद हुन्। र, सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि तत्कालीन माओवादी केन्द्रकै तर्फबाट निर्वाचित हुन्।
यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सुदूरपश्चिम प्रदेश सभाका प्रमुख सचेतक तारालामा तामाङले पनि प्रदेश सरकारबारे समीक्षा गर्ने बेला आएको बताएका थिए।
" /> कैलाली। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूपश्चिम प्रदेश सभा सदस्य महेश जोशीले सुदूरपश्चिम प्रदेश सरकार फेल भइसकेको बताएका छन्।प्रदेश सभाको छैठौं अधिवेशनको चौंथो बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्य जोशीले प्रदेश सरकार पूरै असफल भइसकेको टिप्पणी गरे।

">