ट्विटरले लुकाइदियो ट्रम्पको ट्विट

वासिङ्टन। हिंसालाई बढावा दिएको बताउँदै माइक्रो ब्लगिङ ट्विटरले अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पको ट्विट ‘हाइड’ गरिदिएको छ।

दुवै ट्विट पेजमा नदेखिने बनाउनुको कारण ट्विटरले ट्रम्पको एकाउन्ट स्पष्‍ट लेखेको छ।

ट्विटर र ह्वाइट हाउसबीच चलिरहेको द्वन्द्वको यो पछिल्लो मोड हो। अमेरिकी शहर मिनियापोलिसमा भड्किएको हिंसाका सन्दर्भमा ट्रम्पले ट्विट गरेका थिए।

हिंसाग्रस्त क्षेत्रमा नेसनल गार्ड पठाइने बताउँदै ट्रम्पले लेखेका थिए, “जब लुटपाट शुरु हुन्छ, तब सुटिङ शुरु हुन्छ।”

प्रतिक्रिया दिनुहोस्