नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा सचिवालय बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अहिले साढे ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। पार्टीभित्र पछिल्लो समय देखिएको विवादका बारेमा बैठकमा छलफल हुने बताइएको छ।
सरकारले बजेटमा एमसीसी परियोजना बजेटमा समावेश गरेको भन्दै पार्टीभित्र विरोध भएको छ। सरकारले नीति तथा कार्यक्रममा समेत उक्त विषय समावेस गरेपछि विवाद भएको थियो।
आजको बैठकमा अरू समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ। संसदमा आर्थिक वर्ष २०७७-०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट पेश गरेको थियो । बजेटमा लप्सीफेदी-रातामाटे-हेटौंडा र लप्सीफेदी-रातमाटे-दमौली-बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण निर्माण बढाइने उल्लेख छ।
सरकारले बजेटमा एमसीसी भनेर उल्लेख भने गरेको छैन । तर, ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन निर्माण अघि बढाउने भनेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्